Skip to main content

Bhajani Today

तीन दिने बहु–प्रकोपीय पूर्वसूचना सम्बन्धी तालिम सुरु

कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ECOLAB परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ८ का च्याम्पियन, CDCC, भलमन्सा, चिराकी,स्वयम्‌सेवीका, वन उपभोक्ता समिति र ने.रे.सो उपशाखा भजनीका प्रतिनिधी,लगाएतका सहभागीहरूलाई लक्षित गरी तीन दिने बहु–प्रकोपीय पूर्वसूचना सम्बन्धी तालिम आजबाट भजनीमा सुरु भएको छ।तालिमको उद्घघाटन सत्रको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निर्वतमान सभापति बासुदेव बिनाडीले गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, विशिष्ठ अतिथि भजनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरी, अतिथी राम नारायण चौधरी रहनुभएको थियो।

सो तालिममा भजनी नगरपालिकाका DRR फोकल पर्सन विष्णुराज न्यौपाने, टिकापुर नगरपालिकाका DRR फोकल पर्सन निर्मला चौधरी र कार्यक्रम अधिकृत लौटन चौधरीले प्रशिक्षण गर्नु भएको तालिमको सामाजिक परिचालक जेनिथ शाहले सहजीकरण गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *