Skip to main content

Bhajani Today

भजनी -८ मा निःशुल्क योग शिविर सञ्चालन

कैलालीको भजनीमा आजदेखि ५ दिने निःशुल्क योग शिविर सञ्चालन भएको छ । भजनी नगरपालिका लालाबोझि आयुर्वेद औषधालय भजनी ७ चर्राले आयोजना गरेको निःशुल्क योग शिविर सञ्चालन भएको हो । भजनी नगरपालिका–८ वडामा आयोजित निःशुल्क योग शिविरको एक कार्यक्रमका बीच नगर प्रमुख केवल चौधरीले उद्घाटन गरे ।

सो अवसरमा प्रमुख चौधरीले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा औषधालयले योग शिविर आयोजना गरेको बताए ।उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष पंकज चौधरी र योग साधन केन्द्र भजनीका अध्यक्ष टंक प्रसाद जोशी लगाएतले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सुरु भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ ।

यही वैशाख ८ गतेसम्म हरेक दिन बिहान ४बजे देखि सञ्चालन हुने निःशुल्क योग शिविर सञ्चालन भई रहेको लालबोझि आयुर्वेद औषधालय प्रमुख प्रमोद प्रसाद शाहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *