साझा अक्षर

स्मार्ट अनुदान कृषि सामग्री वितरण

कैलालीको भजनीमा कृषि उत्पादन बढाउन स्मार्ट अनुदान कृषि सामग्री वितरण गरिएको छ।दिगो विकास समाजको आयोजना तथा वर्ल्ड भिजन नेशलन नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविका पार्जन परियोजनाले भजनी नगरपलिका वडा नं १,२,३,५,७ र टीकापुर नगरपालिका वडा नं ६,७,८,९ का किसानलाई स्मार्ट अनुदान कृषि सामग्री वितरण गरिएको हो । दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा भएको थियो।स्मार्ट अनुदान कृषि सामाग्री वितरणमा २ जना कृषकलाई मिनी चार पाङ्ग्रो टीलर,२ जनालाई सिंचाई मोटर बोरिङ्ग, ३१ जनालाई पानी मोटर ,७ जनालाई टनेल,२३ जनालाई ई. तराजु ,९ जनालाई त्रिपाल, २ जनालाई इन्सेट नेट र साथै रैथाने हाट बजार चर्रालाई त्रिपाल वितरण गरिएको छ।हालसम्म यस वर्षमा१६० जना भन्दा माथिका कृषक संख्या लाई विभिन्न किसिमका सामग्रीहरूको लगभक २० लाख बराबर उत्पादक कृषक,कृषक समुह,प्रदर्शन पल्टका कृषकहरुलाई महिला कार्यभार कार्यक्रमबाट स्मार्ट अनुदान र डेमो पल्टका कार्यक्रममा १६० जना कृषकहरुलाई २० लाख बराबर कृषि सामग्री वितरण गरिएको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद कुमार शाहले बताए।

साथै साना कृषकलाई व्यवसाय किसानमा परिणत गर्ने उद्धेश्यले बजार माग अनुरूप उत्पादन वृद्धि गर्ने त्यसैगरी समुदायका अन्य कृषकलाई सिकाउने केन्द्र स्थापना गर्न र आर्य आर्जनमा वृद्वि गर्ने स्वरोजगार वृद्वि र बालबालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी र पोषणमा जस्ता कुरामा टेवा पुर्याउने उद्येश्य लागि उक्त सामग्री वितरण गरिएको शाहले बताए।कार्यक्रममा बोल्दै नगर प्रमूख केवल चौधरीले भजनी क्षेत्रमा दिगो विकास समाजले हरेक क्षेत्रमा काम गर्दै आएकोले यस संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए। उक्त कार्यक्रममा भजनी नगरपालिका कृषि शाखा अधिकृत,दिगो विकास समाज भजनीका कर्मचारी र कृषकको उपस्थित रहेको थियो। कार्यक्रमको सञ्चालन खुशी राम चौधरीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *