साझा अक्षर

योजना तर्जुमा दुई दिने कार्यशाला सम्पन्न

कैलालीको भजनीमा स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकास योजनाको समीक्षा तथा आगामी आर्थिक बर्षको योजना तर्जुमा दुई दिने कार्यशाला सम्पन्न भएको छ।भजनी नगरपालिकाको आयोजनामा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा ललितपुरको प्राविधिक सहयोगमा, युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित ELDS परियोजना अन्तर्गत स्थानिय तहमा एकीकृत प्रारम्भिक बालविकास योजनाको समीक्षा तथा आगामी आर्थिक वर्षको दुई दिन योजना तर्जुमा कार्यशालामा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने,शिक्षा शाखा प्रमुख उपसचिव सुर्य बहादुर सिंह,भजनी नगरपालिकाका ९ वटै वडाका वडाअध्यक्ष सचिबहरु,शाखा प्रमुखहरु,बालबालिका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मी लगाएतको सहभागी रहेको थिएको।

कार्यक्रमको सहजिकरण भजनी नगरपालिकाका शिक्षा अधिकृत पंख बहादुर शाह र सेतो गुराँसकी जानकि सिंहले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *