कैलालीको भजनीमा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिलाई सोमबार सो सम्बन्धी अभिमुखिकरण कार्यक्रम भजनीमा सम्पन्न भएको छ ।
भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा याक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका संयोजक एवं भजनी नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको थियो।उक्त पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको दोस्रो बैठकमा शिक्षा शाखा प्रमुख ,वडा अध्यक्ष, जनप्रतिनिधि,विषयगत शाखा प्रमुख,संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो।
उक्त बैठकको स्वास्थ्य शाखा प्रमुख कैलाश थारुले सहजिकरण गरेको कार्यक्रममा सहभागीहरुलाई पोषण र कुपोषण, पोषणको महत्व, कुपोषण रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार निकायहरु, कुपोषणको अवस्था, नेपालका बालबालिका तथा प्रजनन् उमेरका महिलाहरुको खानपिन शैली, पोषणमा लगानी किन, बहुक्षेत्रीय पोषण कार्यक्रम र यसको कार्यान्वयन ढाँचालगायतका विषयवस्तुमा जानकारी दिएका थिए।
कार्यक्रम बोल्दै नगर प्रमूख केवल चौधरीले पोषण सम्बन्धी आर्थिक वर्षमा बजेट विनियोजित गर्ने बताउनु भयो।
विषयगत शाखाका प्रमुखहरुद्वारा पनि पोषण सम्बन्धी क्रियाकलापहरु बारे प्रस्तुतिकरण राखेका थिए।त्यस्तै याक नेपालका जगत प्रसाद उपाध्यया र दिगो विकास समाज भजनीका प्रभु नाथ ढकालले पोषण तथा खाद्य सुरक्षा सम्बन्धी छलफल गर्नु भएको थियो।उक्त कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा कर्मचारी छत्र वहादुर बुढाले गर्नु भएको थियो।