साझा अक्षर

चर्रा रैथाने कृषी हाट बजारलाई सामाग्री हस्तान्तरण

चर्रा २०८१ चैत्र १३ /भजनी नगरपालिका वडा नं ७ गणेशमान चोकमा प्रत्येक हप्ताको सोमवार र शुक्रबार लाग्ने चर्रा रैथाने कृषी हाट बजारका लागि केयर नेपाल र आइडिया नेपालको साझेदारितामा याक नेपाल द्वारा संचालित पोषण कार्यक्रमवाट क्यारेट २५ थान , डिजिटल तराजु १ थान, क्यालकुलेटर १ थान, त्रिपाल १ थान,रजिस्ट्रार १ थान,बाकस १थान, मुल्य दररेट बोर्ड १ थान,बोरा २० थान र म्याप ब्याग २५० थान सामग्री भजनी नगरपालिका ७ नं. वडा अध्यक्ष अमर बहादुर कठरियाले हाटबजार व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर चौधरीलाई हस्तान्तरण गरेका छन् ।

कृषकहरुलाई स्थानिय उत्पादन वृद्धिमा अझ वढी हौसला प्रदान गर्नका लागि उत्पादित कृषि उपजहरुको सरल तरीकाले विक्रि वितरणको व्यवस्था मिलाउन वजार प्रणालीको विकास गर्न र उत्पादित कृषि उपजहरुबाट कृषक, व्यापारी, उपभोक्ता समेतलाई लाभान्वित गर्न सुरक्षित, सफा र स्वच्छ हाटबजार निर्माणका लागी हस्तान्तरण गरिएका सामग्रीहरुले सहयोग पुर्याउने अध्यक्ष कठरियाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *