Skip to main content

Bhajani Today

नगर स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

यज्ञ राज जैशी, चैत ११ भजनी/कैलालीको भजनीमा सामाजिक विकासका लागी सचेत समाज (CSSD) कैलाली द्वारा भजनी नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

भजनी नगरपालिका नि.प्रमुख.प्रशासकीय अधिकृत सुर्य बहादुर सिंहको सभाध्यक्षमा भएको कार्यक्रममा मोफा जापान र वल्र्ड भिजन जापानको आर्थिक सहयोग, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र CSSD कैलालीको साझेदारीमा उक्त कार्यक्रम भएको हो ।

CSSD कैलालीका कार्यक्रम संयोजक भरत विकले विपद जोखिम न्यूनीकरण सम्बन्धि सहभागीहरुलाई जानकारी गराएका थिए ।त्यस्तै पालिका विपद शाखा प्रमुख बिष्णु न्यौपानेले कार्यक्रममा आफ्नो धारण राखेका थिए ।

CSSD DRR कैलाली अफिसर पुजा भुसाल, ई.प्र.का भजनी प्रहरी निरीक्षक युवन कुमार चौधरी, पालिका विपद शाखा प्रमुख बिष्णु न्यौपाने, ने.रे.सो भजनी सभापति राम नारायण चौधरी, महिला वालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख रिजु चुकाहा चौधरी , पालिका विभिन्न शाखा प्रमुख, वडा सदस्य र विभिन्न संघ,संस्था प्रतिनिधि लगाएको सहभागीता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *