साझा अक्षर

विजय लघुवित्त शाखा भजनीद्वारा बिमा रकम हस्तान्तरण

कैलालीको भजनीमा विजय लघुवित्त वित्तिय संस्था भजनी शाखाले मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । विजय लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भजनीले आफ्ना समुहका सदस्यहरुको उपस्थितीमा मृतक सदस्य दुर्ग बहादुर मौनीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ।कैलाली जिल्लाको जोशीपुर गाँउपालीका वडा नं ७ घर भई जोशीपुर बजारमा कपडा पसल ब्यबसाय गर्दै आईरहेका दुर्ग बहादुर मौनीको असामयीक निधन पश्चात परिवार लाई राहत पुग्ने उद्देश्यले भजनी शाखाले बिमा दाबी बापतको रकम बिमा सम्बन्धि व्यवस्था अनुसार हस्तान्तरण गरेको छ ।

कार्यक्रममा भजनी शाखाका प्रमुख इन्द्र बहादुर रावलले मृतक प्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई संस्थाले सहयोग गरेको बताउनु भयो । साथै कार्यक्रममा उपस्थित अन्य सदस्यहरुलाई बिमाको महत्व बारे प्रष्ट पार्दै बिमाको फाईदा र बित्तिय सुरक्षा सम्बन्धि जानकारी प्रदान गर्दै व्यवसाय योजनाको सदुपयोग र सचेतनाका साथ अघि बढ्न समेत आग्रह गर्नु भएको थियो।अन्तमा विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सदस्यहरुको आर्थीक सुरक्षा र वित्तिय सेवा लाई प्रार्थामकता दिदै समयमै विमा रकम भुक्तानी गरीरहने र आगामी दिनहरुमा पनी सस्थाले आफ्ना ग्राहकहरुलाई थप सुविधा र सुरक्षाका साथ वित्तिय सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *