Skip to main content

Bhajani Today

भजनीमा चर्रा रैथाने हाट बजार व्यवस्थापनका लागि सामाग्री वितरण

भजनीमा हाट बजार व्यवस्थापनका लागि सामाग्री वितरण गरिएको छ। जिल्लाको भजनी नगरपालिका वडा नं ७ चर्रा रैथाने हाट बजार व्यवस्थापनका लागि सामाग्री वितरण गरिएको हो।उक्त सामग्री वितरण कार्यक्रमका दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिका वडा नं ७का अध्यक्ष अमर बहादुर कठरिया, चर्रा रैथाने हाट बजार समितिका अध्यक्ष प्रेम राज चौधरी,बजार व्यवस्थापन समिति अध्यक्ष उमेश कठरिया, सामुदायिक वन उपभोक्ता अध्यक्ष फ्याज खान र दिगो विकास समाजका कर्मचारी तथा कार्यक्रम अधिकृत लगाएतको उपस्थिति रहेको थियो।

दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले ती सामाग्री वितरण गरेको हो। एक लाख दुई हजार दुई सय १९बराबरको सामाग्री वितरण गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको अधिकृत विनोद कुमार शाहले जानकारी दिए।

कृषकहरुलाई स्थानिय उत्पादन वृद्धिमा अझ वढी हौसला प्रदान गर्नका लागि उत्पादित कृषि उपजहरुको सरल तरीकाले विक्रि वितरणको व्यवस्था मिलाउन वजार प्रणालीको विकास गर्न अत्यन्त जरुरी रहेको र कृषकहरुबाट उत्पादित कृषि उपजहरुबाट कृषक, व्यापारी, उपभोक्ता समेतलाई लाभान्वित गर्न सुरक्षित, सफा र स्वच्छ हाटबजार निर्माण लागि चर्रा रैथाने हाट बजारलाई जस्तापता, आइरन पाइप, क्यारेट,तराजु,त्रिपाल र होर्डिङ बोर्ड लगाएतका सामग्री चर्रा रैथाने हाट बजार व्यवस्थापनका निर्माण लागि सामग्री वितरण गरिएको उनले बताए। हाट बजारमा आफुले उत्पादन गरेका वस्तु नियमित रुपमा बिक्री गरेर हाट बजार व्यवस्थापन गरिने, जीविकोपार्जन गरेर आर्थिक आम्दानी वृद्धि गरेरे वाल संवृद्धि ल्याउने उद्देश्यले हाट बजार निर्माण लागि सामाग्री वितरण गरिएको उनले बताए। साथै पुरैना सामुदायिक वन उपभोक्ता समिती भजनी ७ कैलालीलाई काडेतार चालीस हजार बराबरको सामग्री दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *