भजनीमा पशुपति सामुदायिक वन उपभोक्ता समूहको१७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिका सल्लाकार हरिशंकर चौधरीले वनको संरक्षण, संबद्र्धनमा समितिका सम्पूर्ण पधाधिकारी तथा सदस्यको महत्वपूर्ण योगदान रहेको बताए । उनले आगामी दिनमा वनको चौतर्फी विकासमा सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका वडा नं १का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले वनको संरक्षण केवल केही व्यक्तिले मात्र गरेर नहुने भन्दै सबैको साझा दायित्व भएको बताए । श्रेष्ठले स्थानिय सरकारले वनको संरक्षण, संवद्र्धनमा विशेष चासो दिएको र पशुपति सामुदायिक वनलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि कपिल बास्तोला सव डिभिजन वन कार्यालय भजनीका रेन्जरले आफ्नो कार्यकालमा भए गरेका प्रगतिको बारेमा उल्लेख गरे । उनले वनका सम्भावना तथा अवसरहरु उल्लेख गर्दै वन संरक्षण, सम्बद्र्धन तथा बदलिदो जलवायु परिवर्तनका लागी सबै सरोकारवालहरुलाई एकजुट हुन अपिल गरे।कार्यक्रममा जनप्रतिनिधीहरु , सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधि , उपभोक्ता समूहका पदाधिकारीहरु समाजसेवी बुद्धिजिवीहरु र पत्रकार लगाएको सहभागिता रहेको थियो ।आर्थिक वर्ष २०८०/२०८१आय व्याय २५लाख २६हजार २ सय बराबरको बार्षिक प्रगति प्रतिवेदन सचिव सीता साउदले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शेर बहादुर विक,कविता चौधरी,प्रकाश विक र गोविन्द विकले शुभकामना मन्तव्य राखेका थिए।पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम बहादुर चौधरीको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो ।कार्यक्रमको संचालन पत्रकार धर्मेन्द्र विष्टले गरेका थिए ।
पशुपति सामुदायिक वनको साधारण सभा सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1