नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।
आइतवार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो। इण्डियन आयल कर्पोरेसनबाट आइतवार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1