साझा अक्षर

कारागार भित्रै २३ वर्षीय बन्दी युवकको मृत्यु

भजनी, असोज १
हाडनाता करणी मुद्दामा कारागार चलान भएका कैलालीका एक २३ वर्षीय बन्दी युवकको कारागारभित्रै मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नं. ४ का २३ वर्षीय दिपक बिक छन् ।

सोमवार दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले भने कारागारभित्रै भएको मृत्युलाई सामान्य मान्न नसकिने भन्दै छानबिनको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *