Skip to main content

Bhajani Today

नदी कटानका कारण उच्च जोखिममा बस्ती

 

स्थानिय निकायको ध्यान जवास्

भजनी। जिल्लाको भजनी नगरपालिका-५  का एक सयभन्दा बढी घरधुरी नदी कटानको उच्च जोखिममा रहेका छन् । भजनी नगरपालिका-५ मोहना नदीका कारण करिब एक सय भन्दा बढी  घरधुरी जोखिममा परेका हुन् ।

वर्षायाममा  मोहना र कांद्रा नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा मोहना र  कान्द्रा नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।माेहना नदीले कटान गरेका कारण भजनी-५ पगियाप्रसारका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् ।नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको वडा अध्यक्ष केशव बुढाले बताए ।

माेहना र कान्द्रा नदीको कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि सुदुर पश्चिम प्रदेश र संघीय सरकारसँग पनि समन्वय गरी अघि बढिरहेका छौं ।’ यस्तै भजनी -५ का पगिया प्रसार बस्तीका करिब एक सय भन्दा बढी घरधुरी जोगाउनका लागि  मोहना नदीले कटान गरेको स्थानमा रोकथामको उपाय गर्ने बुढाले बताउनु भयो।नदीले भत्काउन नसक्ने गरी बस्ती संरक्षण गर्नुपर्ने देखिएकाले त्यसका लागि नगरपालिका सक्रियरूपमा लागि रहेको उनको भनाइ छ । स्मरण रहोस् यसलाई नियन्त्रण नगरे बस्तीमा ठूलो क्षति पुग्ने निश्चित छ । नदी बस्तीमा पसे भजनी – ५ सखाप हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *