
कैलालीको भजनीमा मौसम पूर्वसूचना प्रणाली र पूर्वानुमान सम्बन्धी एक दिने छलफल गरिएको छ ।आईतबार भजनीमा आयोजित पूर्वसूचना प्रणाली र पूर्वानुमान सम्बन्धी नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयन’ सम्बनधी कार्यक्रमको आयोजना गरिएको थियो।भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले विपद् जोखिम न्यूनीकरण, सम्भावित जोखिमबारे पूर्वसूचना दिनका लागि स्थानीय सरकारबाट गर्न सकिने काम गर्न तयार रहेको बताए।उनीहरुले प्राकृतिक विपद जोखिम न्युनीकरणका लागि दीगो नीति निर्माण गरी रणनीतिक योजनासहित काम गर्ने, पूर्वसूचना प्रणाली स्थापनाका लागि लगानी गर्ने, जोखिम नक्साङ्कन र टोल प्राथमिकीकरण गर्ने चौधरीले प्रतिबद्धता जनाए।यसका लागि विभिन्न निकाय, संघसंस्थासँग सहकार्य गर्न नगरपालिका तयार रहेको नगर प्रमुख चौधरीले बताए।
पूर्व सूचना दिनका लागि सम्बन्धित टोल तथा गाउँका भलमन्सा, बढघर र मुखियालाई समेटेर स्थानीय स्तरबाट यसबारे सोच्नुपर्ने बेला आएको नगर प्रवक्ता तथा वडा नं ३का वडा अध्यक्ष विक्रम चौधरीको भनाई छ,उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपानेले पनि भनाइ राख्नु भएको थियो। उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,भजनी नगरपालिका वडा नं १देखि ९ सम्मका वडा अध्यक्ष तथा वडा सदस्य, विषयगत शाखा प्रमुख र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालभोझि, भजनीका सभापति लगाएतको सहभागिता रहेको थियो।कार्यक्रमका वडा नं ९का वडा अध्यक्ष संजीव कुमार चौधरीको अध्यक्षतामा भएको थियो।पूर्वसूचना प्रणाली र पूर्वानुमान सम्बन्धी भजनी नगरपालिका बन वातावरण तथा बिपद शाखा प्रमुख (विपद् फोकल पर्सन) विष्णुराज न्यौपानेले कार्यक्रमको प्रशिक्षण गर्नु भएको थियो।कार्यक्रमको प्रशिक्षण पश्चात जानकी गाउँ पालिका का बिपद फोकल पर्सन नेत्र प्रसद जैशिले केही समय लिएर पुर्व सूचना सम्बन्धी आफ्नो गाउँमा भएका असल अभ्यासका बारेमा जानकारी दिनु भएको थियो । उक्त कार्यक्रममा कार्यक्रमको बारेमा परियोजना संयोजक भरत वि.क.ले स्पष्ट गर्नु भएको थियो । कार्यक्रम भजनी नगरपालिकाको सहकार्य र cssd धनगढीको आर्थिक सहयोगमा संचालन भएको थियो।

