
भजनी २०८१ भदौ ३
कैलाली जिल्लाको गोदावरी नगरपालिकामा रहेका स्वालम्बन महिला समुहमा आबद्ध महिलाहरुलाई अभिभावकिय भुमिका जिम्मेवारी र सकारात्मक अभिभावकत्वमा अभिमुखिकरण कार्यक्रम गरियको छ ।
KNH Germany र बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढिको साझेदारिमा सञ्चालित “बाल संरक्षणका लागि महिला शसक्तिकरण परियोजना” अन्तरगत गोदावरि नगरपालिका वडा न १,४, ७ र १० मा रहेका ३२ वटा स्वालम्वन महिला समुहका करिब २४० जना महिलाहरुलाई अभिमुखिकरण गरिएको हो । बालबालिका को गुणस्तरीय शिक्षामा सुधार ल्याउनका लागि अभिभाबकहरुको सकारात्मक जिम्मेवारी बोध गराउने उदेश्यले कार्यक्रम गरिएको परियोजना अधिकृत सरस्वती बुढाथोकिले जानकारि दिनुभयो ।

यार्डले बिगत १ बर्ष देखि गोदावरी नगरपालिकामा स्वालम्बन महिला समूह बनाई महिला सशक्तीकरण का कार्यक्रम गर्दै आएको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1