Skip to main content

Bhajani Today

स्वास्थ्यकर्मीका लागि हात्तीपाइले रोग व्यवस्थापन अभिमुखीकरण सम्पन्न

भजनी, २असार /भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम हात्तीपाइले रोग लागेका बिरामीहरूको हेरचाह र यसको सही व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरिएको स्वास्थ्य शाखा संयोजक कैलाश चौधरी बताए।

कार्यक्रममा नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। अभिमुखीकरणमा बिरामीको स्याहार सुसार गर्ने र रोगलाई नियन्त्रणमा राख्ने तरिकाहरूबारे जानकारी दिइएको थियो। स्वास्थ्य कार्यालय कैलालीका महामारी रोग सम्पर्क व्यक्ति मिन बहादुर धामी, स्वास्थ्य कार्यालय कैलाली जनस्वास्थ्य निरीक्षक विमला ज्ञवाली, सेती प्रादेशिक अस्पताल धनगढी डा. सुरेश रमन पुरी,सेती प्रादेशिक अस्पताल धनगढी सम्पर्क व्यक्ति टेक बहादुर साउद,भजनी प्राथमिक स्वास्थ्य केन्द्र डा. सुर्य प्रकाश चौधरी , डा. तपेन्द्र ढकाल, स्वास्थ्य शाखा संयोजक कैलाश चौधरी र सह संयोजक लक्ष्मी चौधरीले सहजीकरण गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *