साझा अक्षर

महुन्यालको अध्यक्षमा सुरेन्द्र जैशी

भजनी १९ मंसिर/भजनी स्थित महुन्याल माद्यामिक बिद्यालयले झण्डै दुई वर्ष पछि बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ ।

लामो समयको विवादका कारण दुई वर्षदेखि अध्यक्ष चयन हुन नसके पनि शुक्रबार सहमतिका आधारमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रसाद जैशीलाई चयन गरिएको बताइएको छ । शुक्रबार सहमतिका आधारमा बिधालय व्यवस्थापन समितिको अध्यक्षमा जैशीलाई जिम्मेवारी दिने सहमति भएपछि जैशी अध्यक्ष चयन भएको बिद्यालयका प्रधानाध्यापक बिद्याप्रसाद भट्टले जानकारी दिएका छन् ।

बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सहमति हुन नसक्दा भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *