के. आर. पाण्डेय ,मंसिर १७ /निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भजनी नगर कार्य समितिको आयोजनामा आयोजित “प्याब्सन फेस्टिवल-२०८२” (पालिका स्तरीय अन्तर विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता) को एक कार्यक्रमका बीचमा उद्घाटन भएको छ ।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भजनी नगरपालिकाको आयोजनामा भएको हो।
उद्घाटन कार्यक्रममा प्याब्सन भजनी पालिकाका अध्यक्ष खडक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगर उप प्रमुख राजु तिरुवा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पुर्ब प्याब्सन केन्द्रिय सदस्य तथा जिल्ला सल्लाकर सदस्य राम प्रसाद शर्मा बिशिष्ट अतिथि, प्याब्सन कैलाली जिल्ला कमिटी उपाध्यक्ष राज बुढा,प्याब्सन कैलाली जिल्ला बरिष्ठ उपाध्यक्ष डिल्ली राज देबकोटा , प्याब्सन महाधिवेशन प्रतिनिधि टेक राज न्यौपाने, समाजसेवि रतन रेग्मी,पालिका अन्तरगतका निजी तथा आवासीय बिद्यालयका सम्पूर्ण संस्थापक प्रिन्सिपल, पत्रकार र सुरक्षाकर्मी लगायतका अतिथिहरुको उपस्थितिमा खेलकुद कार्यक्रमको उद्घाटन भएको थियो।
उद्घाटन कार्यक्रममा टेक राज न्यौपाने, डिल्ली राज देवकोटा,राज बुढा,रतन रेग्मी,राजु तिरूवा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
खेलकुद कार्यक्रममा भजनी नगरपालिका भित्रका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन( प्याब्सन) अन्तरगतका १३वटा बिद्यालयहरुको सहभागिता रहेको छ । मंसिर १७ गते देखि सुरु भएको खेलकुद कार्यक्रम मंसिर २० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको स्वागत मन्तब्य मोती साउदले गर्नु भएको उद्घाटन कार्यक्रम सञ्चालन डम्मर दत्त जैशीले गर्नु भएको थियो ।
