साझा अक्षर

परियोजना परिचयात्मक कार्यक्रम भजनीमा सम्पन्न

भजनी, २०८२ मंसिर१ भजनीमा दिगो विकास समाज (DBS) भजनी, बाल कल्याण संघ टीकापुर (WACT), यार्ड–धनगढी तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा तथा भजनी नगरपालिकाको समन्वयमा एक दिवसिय बाल समृद्वि र एकिकृत विकासका लागि हातेमालो परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य परियोजनाका उद्देश्य, लक्ष्य, गतिविधि, कार्यान्वयन प्रक्रिया तथा समुदाय–स्थानीय तहसँगको सहकार्यका पक्षबारे विस्तृत जानकारी गरिएको थियो।

कार्यक्रममा भजनी नगरपालिकाका कार्य बाहक नगर प्रमुख विक्रम चौधरी,प्रमुख प्रशासकिय अधिकृत हरि लाल जैशी, वडा अध्यक्ष दुर्गा पुन,केशव बुढा, संजय कुमार चौधरी, अमर कठरिया तथा जनता राम चौधरी र विषयगत शाखा प्रमुख , सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।

सहभागीहरूले परियोजनाबाट समुदायमा पर्ने प्रत्यक्ष प्रभाव, बाल संरक्षण, शिक्षामा पहुँच,पोषण, दिगो विकास, सामुदायिक सशक्तिकरण र सेवाप्रवाहमा सुधारजस्ता विषयमा वडा अध्यक्ष केशव बुढा,प्रशासकिय अधिकृत चन्द देव भट्ट,शाखा प्रमुख खेम पनाडी,अशोक कुमार चौधरी र सुझावहरू राखेका थिए।

DBS भजनी, WACT टीकापुर, यार्ड धनगढी तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधिहरूले परियोजनाले भजनी क्षेत्रमा सामाजिक–आर्थिक विकास, बाल अधिकार संरक्षण,पोषण, समुदाय सशक्तिकरण, र स्थानीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिएका छ।

संस्थाले परियोजनाका गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न भजनी नगरपालिकासँग निरन्तर सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका कार्य बाहक नगर प्रमुख विक्रम चौधरीले परियोजनाले स्थानीय क्षेत्रमा सकारात्मक परिवर्तन र सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै आवश्यक समन्वय तथा सहकार्य प्रदान गर्ने बताएका छन्।

प्रमुख प्रशासकिय अधिकृत हरि लाल जैशीले परियोजनाले महिला, बाल संरक्षण,पोषण, विपद् जोखिम न्यूनीकरण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सहकार्य गरेर काम गर्न बताएका छन्। परिचयात्मक कार्यक्रममा परियोजनाको संरचना, लक्ष्य, समयावधि, साझेदारी तथा कार्यान्वयन मापदण्डहरूबारे विस्तृत प्रस्तुति DBS भजनीका बजार संयोजक, विनोद कुमार शाह, DBS भजनीका प्रभुनाथ ढकाल,WACT टीकापुर कार्यक्रम संयोजक राधिका गिरी र यार्ड धनगढी परियोजना संयोजक पिताम्बर पौडेलले बताए।

कार्यक्रमकोअन्त्यमा आयोजक संस्थाले सहभागीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *