Skip to main content

Bhajani Today

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धि छलफल

के.आर.पाण्डेय

चैत १५ भजनी /कैलालीको भजनीमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुनबारे सरोकारवालासंग छलफल गरिएको छ । CRR, CARE नेपाल र FWLDको आयोजनामा कैलालीको भजनी नगरपालिकाका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु र सञ्चारकर्मी संग छलफल गरिएको हो ।

छलफलमा अधिवत्ता दिपेश श्रेष्ठ, केयर नेपालका प्रतिनिधि कालीदाश जोशी, सिआरआर प्रतिनिधि शंकर धामी र भजनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश थारुले प्रस्तुति गर्नु भएको थियो।अधिवत्ता श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धि स्थानीय कानुनका बारेमा स्पष्ट पारेका थिए ।त्यस्तै नगर उपप्रमुख राजु तिरुवाले नगरपालिकामा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका बारेमा नगरपालिकाले प्रदान गर्दै आएका सेवा बारे जानकारी दिनु भयो। स्वास्थ्य शाखा प्रमुखले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका विषयमा स्वास्थ्य शाखा गम्भीर रहेको भन्दै कानुन बमोजिमका कार्यक्रमहरु लागू गर्दै आएको बताए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीले नगर बासीलाई दिने सेवामा कहिल्यै पनि पछाडि नहट्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *