साझा अक्षर

नेपाल रेडक्रस सोसाइटी भजनीले ६२औँ स्थापना दिवस मनायो।

भजनी/कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी भजनी(नेरेसो)ले बुधबार ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आफ्नो ६२औँ स्थापना दिवस मनायो।नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसका अवसरमा भजनीले बिपन्न परिवारलाई भाडाकुडा, लत्ताकपडा र भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै विभिन्न किसिमका फुलका बिरुवा वृक्षरोपण गरिएको सभापति राम नारायण चौधरीले बताउनुभयो ।

सो कार्यक्रममा भजनी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, भजनी प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. सुर्य प्रकाश चौधरी, जनता सामुदायिक पुस्तकालय भजनीका अध्यक्ष हेमेन्द्र भारद्वाज, समाजसेवी लोकेन्द्र भण्डारी, महुन्याल माध्यमिक बिद्यालय भजनी, कल्प बृक्ष इङलिस वाेडिङ्ग स्कुल र भानु मेमोरियल इङलिस वाेडिङ्ग स्कुलका जुनियर रेडक्रस सर्कलका विद्यार्थी भाइबहिनीहरु तथा ने.रे.सो.भजनीका लगाएतको सहभागितामा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *