साझा अक्षर

जोशीपुर खानेपानीको तथा सरसफाई उपभोक्ता समिति दोस्रो साधारण सभा सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ रामनगरमा अवस्थित जोशीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।जोशीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गणेश चौधरीको सभापतित्वमा भएको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले जोशीपुरको सवै वडामा शुद्ध खानेपानी वितरणको पहल र प्रयास तिव्ररुपले भईरहेको बताउनु भयो ।जोशीपुरको सवै वडामा शुद्ध खानेपानी वितरणका लागि पालिकाले निरन्तर प्रयास गरिरहेको र यसमा वल्र्ड बैंकले पनि सहयोग गरिरहेको वहाँले बताउनु भयो । “मुक्त कमैयाहरुको बस्ती भएकोले कतिपय मुक्त कमैयाहरुले नेपाल सरकारबाट पाउने लालपुर्जा पाएका छैनन् । कतिपयले निसा मात्र प्राप्त गरेका छन् । तिनिहरुको श्रेष्ता कायमका लागि पालिकाले पहल गरिरहेको छ । तपाईहरु आफ्नो आफ्नो नागरिकताको फोटोकमी कलेक्सन गरेर यथासिघ्र पालिकामा बुझाउनुस्।” वहाँले भन्नु भयो ।त्यसै गरि विशिष्ट अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष रेणु कुमारी डंगौराले पानी मावन जीवनको स्वास्थ्यसँग जोडिएकोले सवैले शुद्धखाने पानी पिउन आवश्यक रहेको बताउनु भयो । धेरै जसो रोग पानीका कारण लाग्ने भएकोले पानीलाई शुद्धिकरण गरेर पिउन पर्ने उनले बताए । निर्माणाधिन अवस्थामा रहेको खानेपानी टंकीलाई छिटो भन्दा छिटो सम्पन्न गर्नमा सवैले हातेमालो गर्न आवश्यक रहको पनि उनले बताए ।समितिका अध्यक्ष गणेश चौधरीले सवैको सहयोगले कार्यगर्नमा सहज भएको बताउँनु भयो । खानेपानीको योजनालाई छिटो भन्दा छिटो सम्पन्न गरि शुद्ध खानेपानी वितरण गर्ने पनि वहाँले जानकारी दिनु भयो । शंकर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष दान बहादुर चौधरी, वल्र्ड बैंकका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको उपस्थितिमा भएको कार्यक्रममा ६४ लाख २० हजार ५ सय ४१ रुपैया बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *