भजनी /कैलालीको भजनीमा बहुउद्धेश्यीय विकास समाज(MPDS),डडेल्धुराको आयोजनामा प्रकोप जोखिम न्यूनिकरणका लागि सुदूरपश्चिममा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रमको परियोजना शुभारम्भ कार्यशाला गोष्ठी भजनी नगरपालिकामा सम्पन्न भएको छ ।
भजनी नगरपालिकासंगको समन्वय र किया तथा कोडेडको सहयोगमा बहुउद्धेश्यीय विकास समाज,डडेल्धुराले भजनी नगरपालिकामा प्रकोप जोखिम न्यूनिकरणका लागि सुदूरपश्चिममा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम संचालन गर्न लागेको उक्त गोष्ठीमा जानकारी गराईयो ।
स्थानीय स्तरका सरोकारवाला निकायहरुलाई परियोजना वारे जानकारी गराई समन्वय तथा सहकार्यको माध्यमबाट परियोजनाका गतिविधीहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग पुगोस भन्ने हेतुले परियोजना शुभारम्भ कार्याशाला गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा परियोजना मार्फत संचालन गरिने गतिविधीहरुको बारेमा परियोजना संयोजक शिबराज पाठक ले प्रस्तुतीकरण गर्नु भएको थियोे । परियोजना मार्फत भजनी नगरपालिकामा समुदाय स्तरमा पूर्व तयारीका लागि जनचेतना मुलक कार्यक्रम संचालन,बाढी प्रभावितहरुलाई राहत सामाग्री सहयोग,जोखिम नक्साकंन तथा सर्वेक्षण,बिपद सामाग्री सहयोग,पूर्व सूचना प्रणाली सम्बन्धि अभिमुखीकरण,टास्क फोर्स र समुदायका अगुवाका लागि आत्मरक्षा सम्बन्धि तालिम,वृक्षारोपण तथा वायोईन्जिनियरिङ कार्यहरु संचालन गरिने बताउनु भयो ।
भजनी नगरपालिकाका नगर प्रमुख केबल चौधरीले बहुउद्धेश्यीय विकास समाज,डडेल्धुराले अघिल्लो वर्षमा पनि बाढी तथा विपदमा राम्रो कार्य गरेको बताउदै धन्यबाद दिनुभयो । “यस परियोजना मार्फत पनि विपद जोखिम न्यूनिकरणको क्षेत्रमा प्रशंसनिय कार्य हुनेमा आफू विश्वस्त रहेको नगर प्रमुख चौधरी ले भन्नुभयो” । उहाँले परियोजनालाई लक्षित समुदायमा सफल रुपमा कार्यान्वयनका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग एंव सहकार्य रहने बताउनुभयो ।
कार्यक्रममा भजनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने,वडा नं ३ का अध्यक्ष विक्रम चौधरी,वडा नं ५ का अध्यक्ष केशब बुढा,भजनी नगरपालिका संघ संस्था फोकल पर्सन पंकज शाह,वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपाने लगाएतले मन्तब्य राखेको थिए ।
कार्यक्रम भजनी नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन समिती संयोजक कृष्णा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन संस्थाका राजेन्द्र रैकाले गरेका थिए ।
