भजनी: कैलालीको कर्णाली–चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०/४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्।
कैलालीको लम्की–चुहा नगरपालिका– ३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए। प्रहरीको टोलीले उनको खोजी गर्दै छ। तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1