Skip to main content

Bhajani Today

कोटा बढाएर कामदार लैजान इजरायल सहमत

 

काठमाण्डौ साउन ७  सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजराइली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ।

भेटमा दुईपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै जी-टु-जी प्रक्रिया अन्तर्गत केयरगिभरमा नेपाली श्रमिक इजराइल पठाउन भइरहेको छनोट प्रक्रियाका बारेमा पनि छलफल भयो।

छनोटको चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय जना वैकल्पिक उम्मेदवार गरी जम्मा आठ सय जना नेपाली श्रमिक इसराइल लैजाने भनिएको थियो। अब सो संख्या बढाएर एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार गरी कुल दुई हजार जनासम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयले जनाएको छ।

साथै, आगामी दिनमा कृषि लगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिकहरू इसराइल लैजान सकिनेबारे छलफल भएको छ।

भेटमा मन्त्री भण्डारीले दुई देशबीचको श्रम सम्बन्धबारे सन्तोष व्यक्त गर्दै इसराइल-प्यालेस्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपीन जोशीको खोज-तलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल गर्न अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *