भजनी, कैलाली । “समृद्ध नगर निर्माणका लागि नगरवासीको सहभागिता, आर्थिक तथा पूर्वाधार विकास र सुशासन हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित भजनी नगरपालिकाको २०औं नगरसभा सम्पन्न भएको छ।
नगर प्रमुख केवल चौधरीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, र सुशासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखिएको बताउनु भयो।प्रस्तुत नीति तथा कार्यक्रममार्फत नगरको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।
