साझा अक्षर

तीनजनाको अभिभावकत्व दुई बिद्यालयका सञ्चालकले लिए

पदमराज जैशी, भजनी १० मंसिर /भजनी नगरपालिका वडा नं. ४ का स्वर्गीय टीकाराम जैशीका तीनजना छोराछोरीको अभिभावकत्व दुईवटा बिद्यालय सञ्चालकले लिने घोषणा गरेका छन् ।

केही दिन पहिले ज्यान गुमाएका जैशीको पारिवारिक आर्थिक स्थिति निकै कम्जोर भएका कारण साना बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न भजनी बजारमा संस्थागत बिद्यालय सञ्चालन गर्दै आएका दुई बिद्यालय सञ्चालकले शिक्षाको सम्पुर्ण जिम्मेवारी लिने गरी अभिभावकत्व लिने घोषणा गरेका हुन ।

जसमा भजनी बजारमा संस्थागत बिधालय सञ्चालन गर्दै आएका डिल्ली राज देवकोटाले उनका दुई छोराको कक्षा १० सम्मको पढाईको सम्पुर्ण जिम्मेवारी लिने घोषणा गरेका छन् । उनले पढाईका लागि लाग्ने कक्षा १० सम्मको सबै खर्च आफैले व्यवस्थापन गर्ने गरी जिम्मेवारी लिएका छन् । स्वर्गीय जैशीका दुबै छोराको कक्षा १० सम्मको शिक्षादिक्षा देवकोटाको कल्पवृक्ष इङलिस बोर्डिङ स्कुल भजनीमा निशुल्क हुने छ ।

त्यसैगरी स्वर्गीय जैशीकी छोरीको कक्षा ८ सम्मको पढाईको जिम्मेवारी अर्का बिधालय सञ्चालक राज बुढाले लिएका छन् । भजनी बजारमा उनले सञ्चालन गरेको मल्टिपल मन्टेश्वरी स्कुलमा जैशीको छोरीले निशुल्क शिक्षा पाउनेछिन । बुढाले पनि उनको सबै पढाइमा लाग्ने सम्पुर्ण खर्च बेहोर्ने गरी अभिभावकत्व लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *