साझा अक्षर

नगदसहित ७ जना जुवाडे पक्राउ

भजनी, कार्तिक १५/कैलालीको पर्यटकीय क्षेत्र पितमारीबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ पितमारी स्थित ग्रिन सिटी होटलबाट दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका वडा नं. १ का होटल सञ्चालक ३० वर्षीय लोकेन्द्रबहादुर शाही सहित सात जना पक्राउ परेका हुन् । उक्त होटल भित्र खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक शाहीसहित ७ जना पक्राउ परेका हुन् ।

शाहीसहित सातै जनालाई नगद १ लाख ७७ हजार १ शय पैंतालीस र १२ गड्डी ताससहित इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *