Skip to main content

Bhajani Today

भजनीमा आगलागीबाट लाखौंको क्षति

के. आर.पाण्डेय चैत ,७ गते/कैलालीको भजनी नगरपालिका वडा नं ५ बेलाहामा विहीबार दिउँसो आगलागी हुँदा एक घर र चार गोठ जलेका छन्।भक्त बहादुर भण्डारीको घरमा विद्युत सत भई आगलागी भएकोमा स्थानिय, बासिन्दा,रेडक्रस सोसाइटी,इलाका प्रहरी कार्यालय भजनी, ईलाका प्रहरी कार्यालय पृथ्यपुर,bop हिक्मतपुर,टीकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो। साथै भजनी ५ बेलाहामा भएको आगजनीबाट पिडित परिवारलाई नेपाल रेड्क्रस उपशाखा लालबोझीले गैर खाद्यन्न सामाग्री वितरण गरिएको छ।चार वटा कच्ची गोठ,एक वटा कच्ची घर,पूर्ण रूपमा क्षति भएको छ।एउटा घरको पाली जली आशिक क्षति छ।

भने चौपायामा बाख्राको पाठो जलेर मरेको छ भने भक्त बहादुर भण्डारीको काठले बनेको घर र गोठ भित्रको सरसामान,वीर बहादुर भण्डारीको कच्ची घरको पाली बाख्राको पाठो नगद र सुन चाँदी,चक्र बहादुर साउदको इट्टले बनेको एक तले गोठ र देवेन्द्र भण्डारीको खरले छाएको कच्ची गोठ गरी काठका कडी गरी अन्दाजी १६लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भजनीका प्र.नि युवन कुमार चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *