कैलालीको भजनीमा नेपाल राष्ट्रिय शिक्षक संगठन भजनी नगर समितिको अधिवेशन बुधबार भजनीमा सम्पन्न भएको छ । कार्यक्रमको नगर अध्यक्ष राम बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा संगठनका जिल्ला उपाध्यक्ष प्रभुनाथ जैसी रहेका थिए भने विशिष्ट अथितिमा जिल्ला सचिव दान बहादुर खाती, प्याब्सनका जिल्ला उपाध्यक्ष राज बुढा रहनु भएको थियो।उक्त अधिवेशनमा संगठनका भजनी नगर इन्चार्ज पदम शाही र संगठनमा आवद्ध शिक्षक शिक्षिका लगाएतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले देशमा उत्कृष्ट शिक्षा प्रदान गर्नु नै शिक्षकहरूको मुख्य दायित्व रहेकाले संगठन मा आवद्ध सम्पूर्ण शिक्षकले आ आफ्नो क्षेत्रबाट दत्त चित्त भएर लाग्नु पर्ने र हाल शिक्षकहरुको अवस्था अन्य कर्मचारीको तुलनामा निकै दयनीय रहेको छ । सेवाका तुलनामा सुविधाहरु निकै कमी रहेकोले राज्यले यसमा ध्यान दिनु पर्ने र यो संगठन एक विशुद्ध शिक्षकहरूको हक हितका लागि लाग्ने शिक्षकहरूलाई राजनीतिक दलका आधारमा छुट्याउनु भन्दा पनि विशुद्ध शिक्षकहरूको हक हितका लागि संघर्ष गर्ने, राजनीतिक स्वार्थ भन्दा पेसागत हिसाबले शिक्षक संघ, संगठन बनाउनु पर्नेमा जैशीले बताउनु भयो। कार्यक्रममा नेपाल शिक्षक संघका नगर सभापति जदुलाल राय,जिल्ला सचिव दान बहादुर खाती,नगर इन्चार्ज पदम बहादुर शाही, प्याब्सनका जिल्ला उपाध्यक्ष राज बुढा र खेम बहादुर कठायत लगायतले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।अधिवेशनले खेम बहादुर बोहराको अध्यक्षतामा नगर समिति सर्वसम्मत २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
त्यस्तै जिल्ला प्रतिनिधिमा १८ सदस्यीय छनोट गरिएको नगर इन्चार्ज पदम बहादुर शाहीले बताउनु भएको छ।उक्त अधिवेशनमा नगर कोषाध्यक्ष उदय बहादुर साउदको स्वागत् मन्तव्यमा भएको कार्यक्रमका सञ्चालक राजेश चौधरीले गर्नु भएको थियो।