के.आर.पाण्डेय कैलालीको भजनी नगरपालिकामा समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत पढाइ मेला कार्यक्रम सम्पन्न भएको छ । भजनी नगरपालिका वडा नं.१ मा रहेको बाल विद्या मन्दिरको आयोजना तथा यार्ड धनगढी र वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालको आर्थिक/ प्रबिधिक सहयोगमा मेला सम्पन्न भएको हो।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजु थारुको सभापतित्वमा सञ्चालित मेलामा भजनी नगरपालिकाका नगर उप- प्रमुख राजु तिरुवाको प्रमुख अतिथि रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि भजनी शिक्षा शाखा अधिकृत पंख बहादुर शाह र यार्ड धनगढीका फिल्ड अफिसर पिताम्बर पौडेल भजनी वडा १ का कार्य बहाक अध्यक्ष सिताराम चौधरी रहनु भएको थियो। वडा सदस्यहरु, पुर्व ब्यवस्थापन समितिका अध्यक्ष, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार , समाजसेवि र भल्मन्सा लगाएतको उपस्थिति रहेको थियो 
मेलामा प्राथामिक कक्षाहरुमा पढाईको महत्त्व बारेमा अभिभाबक र अन्य सरोकावाला बिच जागरुक बढाउने र बालबालिकालाई आफ्नो सिकाई, काम, कला संस्कृति, घर र बिद्यालयमा पढाईको अवस्था प्रदशन गर्न मञ्च प्रदान गर्ने उदेश्यले पढाइ मेलाको आयोजना गरिएको फिल्ड अफिसर पिताम्बर पौडेलले बताउनु भयो।

कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले यस मेलाले बिद्यालयका प्रारम्भिक बालबालिकाहरुले देखेर सिक्न पाउने हुनाले गुणात्मक फाईदा हुने बताएका छन्। उनले शैक्षिक सामाग्री तयार गर्दा शिक्षकले मात्रै नभई बालबालिकाहरुलाई पनि संगै बनाउन सिकाउन शुझाब समेत दिएका छन्।
नगर उप- प्रमुख राजु तिरुवाले शिक्षा क्षेत्रमा यार्डले भजनि क्षेत्रमा सहयोग गरेकोमा धन्यवाद दिईन् , उनले बाढि प्रभाबित क्षेत्रमा पढाइ शिबिर कक्षा र अभिभावक शिक्षा सञ्चालन गरेकोमा यार्डको प्रशंसा समेत गर्नु भएको थियो।
कार्यक्रममा शैक्षिक सामाग्रीहरु प्रर्दशन गर्न बिद्यालयका ३ वटा र पढाइ शिबिर सहजकर्ताका २ वटा गरि ५ वटा स्टलहरु राखिएको थियो । मेलामा २५० जना बढिले अवलोकन गरेको बिद्यालय प्रशासनले जानकारी दिएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य बिद्यालयका प्रधानाध्यापक दया चौधरीले गर्नु भएको कार्यक्रमको संचालन विद्यालय शिक्षिका निर्मला कुमारी देउवाले गर्नु भएको थियो।