Skip to main content

Bhajani Today

डोटीको बोगटान–७ खत्याडी गाउँ बसाइँसराइको चपेटामा

दिपक बहादुर विश्वकर्मा ५फागुन/ डोटी जिल्लाको बोगटान गाउँपालिका–७ चवाराचौतारा खत्याडी गाउँमा बसाइँसराइको असर गहिरो रूपमा देखिएको छ। उक्त गाउँका करिब ९५% मानिस नेपालका तराई क्षेत्र तथा राजधानीतर्फ सरेपछि गाउँ प्रायः सुनसान बनेको छ।

स्थानीयका अनुसार पहिला गाउँमा विद्युत्, सडक, स्वास्थ्य सेवा, र शिक्षाको सुविधा अभाव भएकाले धेरैजसो परिवार बसाइँ सर्न बाध्य भएका थिए। तर अहिले यी पूर्वाधारहरू विकसित भइसके पनि गाउँ रित्तो रहनुको कारण पहिले नै स्थानान्तरण भइसकेका स्थानीयहरू उतै व्यवस्थित भइसकेका कारण गाउँ फर्किन हिचकिचाउने प्रवृत्ति रहेको छ। यस विषयमा वडा अध्यक्ष शंकरमान सुनार भन्छन्, “अब गाउँमा सबै सुविधा छन्, तर पहिला गएकाहरू फर्किन चाहँदैनन्, जसका कारण गाउँ खालि जस्तै भएको छ।”

स्थानीय हर्क वडका अनुसार पहिले गाउँमा चाडपर्व र मेलामा निकै रमाइलो हुने गर्थ्यो। तर अहिले गाउँ सुनसान हुँदा चाडपर्वको रौनक हराएको महसुस हुने उनले बताए।

यसअघि खत्याडी गाउँलाई “खत्याडी कान्छो नेपाल” भनेर चिनिन्थ्यो। तर हाल अधिकांश घरहरू भत्किएका छन् भने केही जिर्ण अवस्थामा रहेका छन्। स्थानीय अर्जुन नेपालीका अनुसार, “पहिले यो गाउँले एउटा पहिचान बनाएको थियो, तर अहिले गाउँ उजाड देखिन्छ।”

बसाइँसराइ रोकथाम र गाउँ पुनः जिवन्त बनाउन स्थानीय निकायहरूले कस्ता योजना ल्याउनेछन् भन्ने प्रतीक्षा स्थानीयहरू गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *