Skip to main content

Bhajani Today

बोगटानका हुलाकी हर्क धामीको निधन: एक समर्पित सेवकको यात्रा अन्त्य

डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ७, ओजेलि टोल निवासी हर्क धामी हुलाकीको निधन हिजो, आइतवार साँझ भएको छ। उहाँलाई उपचारका लागि कैलाली जिल्लाको घोडाघोडी अस्पतालमा भर्ना गरिए पनि उपचार सम्भव नभएको कारण धनगढी लैजाँदा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएका छन्।

हर्क धामी लामो समयदेखि डोटी जिल्लाको दुर्गम क्षेत्रमा हुलाकी सेवामा कार्यरत थिए र हालै रिटायर भएका थिए। पहाडी इलाकामा कुनै समाचार आउँदा त्यसलाई लैजाने काम हर्क धामी नै गर्थे। आजको आधुनिक सञ्चारका साधन जस्तो मोबाइल र अनलाइन पत्रिका नभएको बेला, सबै खबरहरू हुलाक मार्फतै आउने गर्दथे र हर्क धामी त्यसको प्रमुख कडी थिए। उनी चनुकाँडा बाट साविक कानाचाैर गाविस सम्म हुलाक बोक्ने गर्थे।

बोगटान क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर उहाँले स्थानीय जनतालाई उत्तम सेवा पुर्याएका थिए। उहाँको निधनले परिवार र समाजमा ठूलो अपूरणीय क्षति पुर्याएको छ। उनका योगदान र सेवाले उहाँलाई सधैं सम्झनामा राखिनेछ ।उनका अहिले छोरा ३ र ३ छोरि रहका छन। जेठा टेक धामी, खिमा धामी,पारू धामी,गणेश ,मनु धामी र गोपाल धामी ।

पालिका र स्थानीय समुदायले हर्क धामीको परिवारसँग गहिरो समवेदना प्रकट गर्दै, उहाँलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *