Skip to main content

Bhajani Today

टीकापुर साना शहर खानेपानी तथा सरसफाइ संस्था पुरस्कृत

टिकापुर, फागुन २ – नगर विकास कोषको ३५औं वार्षिकोत्सवको अवसरमा टीकापुर साना शहर खानेपानी तथा सरसफाइ संस्था, कैलाली लाई उत्कृष्ट संस्थाको रूपमा सम्मान गरिएको छ।

नगर विकास कोषको लगानीमा सञ्चालन भएका साना शहर खानेपानी तथा सरसफाइ आयोजनामध्ये टीकापुरलाई उत्कृष्ट ठहर गरिएको हो। आयोजना सञ्चालन, व्यवस्थापन र उत्कृष्ट कार्यसम्पादनका लागि संस्थालाई “कदर–पत्र” प्रदान गरिएको छ। उक्त कदर उक्त संस्थाका कार्यवाहक अध्यक्ष सृजना शर्मा पण्डित र सचिव मनिष बलायरलाई हस्तान्तरण गरिएको हो।

नगर विकास मन्त्रालयका सचिव बिपिनोद प्रसाद भण्डारी, नगर विकास कोषका अध्यक्ष गोपाल प्रसाद सिग्देल र कार्यकारी निर्देशक अनिल कुमार सिंहले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

नगर विकास कोषका अनुसार, टीकापुर साना शहर खानेपानी तथा सरसफाइ संस्थाले उत्कृष्ट सेवा प्रवाह गर्दै उत्तरदायी प्रवृत्तिको उदाहरण प्रस्तुत गरेको छ। यसको व्यवस्थापन, दिगोपन र सरसफाइमा गरेको योगदानलाई विशेषरूपमा कदर गरिएको हो।

नगर विकास कोषका अधिकारीहरूले आगामी दिनमा पनि संस्थाले अझ प्रभावकारी रूपमा सेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *