साझा अक्षर

गुणस्तरीय शिक्षाका लागि पढाइ मेला 

के.आर.पाण्डेय कैलालीको भजनी नगरपालिकामा समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत पढाइ मेला कार्यक्रम सम्पन्न भएको छ । भजनी नगरपालिका वडा नं.७ मा रहेको हलैना बाबा आधारभुत बिद्यालयको आयोजना तथा यार्ड धनगढी र वर्ड भिजन ईन्टरनेश्नल नेपाल को आर्थिक/ प्राविधिक सहयोगमा मेला सम्पन्न भएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोरख प्रसाद लोनियालको सभापतित्वमा सञ्चालित मेलामा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको प्रमुख अतिथि रहनु भएको थियो । भने यार्ड धनगढीका फिल्ड अधिकृत पिताम्बर पौडेल विशिष्ट अतिथि रहनु भएको थियो ।कार्यक्रममा अतिथि भजनी वडा ७ का कार्य बहाक अध्यक्ष रुपन प्रसाद लोनिया, खेलकुद तथा शिक्षा शाखा भजनीका देबराज अवस्थि,वडा सदस्य राजकुमार डगौरा, माया देबि धोबि, पुर्व ब्यवस्थापन समितिका अध्यक्ष मिना कठरिया, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार , समाजसेवि र भल्मन्सा लगाएतको उपस्थिति रहेको थियो।

पढाई मेलामा फिल्ड अफिसर पिताम्बर पौडेलले प्राथामिक कक्षाहरुमा पढाईको महत्त्व बारेमा अभिभाबक र अन्य सरोकावाला बिच जागरुक बढाउने र बालबालिकालाई आफ्नो सिकाई, काम, कला संस्कृति, घर र बिद्यालयमा पढाईको अवस्था प्रदर्शन गर्न मञ्च प्रदान गर्ने उदेश्यले पढाइ मेलाको आयोजना गरिएको बताउनु भयो। कार्यक्रममा बोल्दै भजनी नगरपालिका का नगर प्रमुख केवल चौधरीले संसारको दृष्टि र बिकास निर्माण को जग शिक्षा भएको बताएका छन् । उनका अनुसार यार्डले भजनीको शिक्षा क्षेत्रमा अतुलनिय काम गरेको र पालिकाले शिक्षा क्षेत्रमा तल्लीन भएर काम गरिरहेको जानकारी साथै सहयोग गर्ने संघसंस्थालाई धन्यवाद ज्ञापन गर्नुका साथ आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा पालिकाले राखेको नगर प्रमुख चौधरीले बताएका छन् ।कार्यक्रममा शैक्षिक सामाग्रीहरु प्रदर्शन गर्न बिद्यालयका ४ वटा र पढाइ शिबिर सहजकर्ताका ३ वटा गरि ७ वटा स्टलहरु राखिएको थियो । मेलामा ५०० जना बढिले अवलोकन गरेको बिद्यालय प्रशासनले जानकारी दिएको छ । कार्यक्रममा स्वागत मन्तब्य शिक्षिका महेश्वररि ओझा राखेको कार्यक्रमको संचालन हलौना बाबा आधारभुत बिद्यालयका प्रधानाध्यापक सेवक राम नाउ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *