Skip to main content

Bhajani Today

सामुदायिक वनद्वारा तिन महिने कम्प्युटर तालिमको सुरु

कैलालीको भजनीमा रहेको वनदेवी सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई ३ महिने सिपमुलक बेसिक कम्प्युटर तालिमको सञ्चालन गरिएको छ।भजनी नगरपालिका वडा नं २,६र ८ सामुदायिक वन उपभोक्ता समुहका २९वटा टोलबाट २५जनालाई छनौट गरी सीपमूलक बेसिक कम्प्युटर तालिम जोशीपुर गाउँपालिका वडा नं १ जोशीपुर बजारमा रहेको ब्राइट फ्युचर कम्प्युटर ईन्स्टिच्युबाट सुरु गरेको सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष बाबु राम चौधरीले जानकारी दिए।बनदेबी सा.वन उपभोक्ता समुह भजनी २,६र८ कैलालीको आयोजनामा आर्थिक वर्ष२०८१/०८२ को बजेटबाट गरिब ,अतिबिपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई सिपमुलक ३महिने कम्प्युटर तालीमको उट्घाटन गरेको छ।

सामुदायिक वनले आफ्ना उपभोक्ताको मध्यनजर गरी ट्याक्टर उपलब्ध गराएको छ। केही समयपछि महिलाहरुलाई समेत आत्मनिर्भर बनाउन सिपमुलक सिलाइकटाइ तालिमको व्यवस्थापन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *