साझा अक्षर

वडा कार्यालयद्वारा फर्निचर सामग्री हस्तान्तण

यज्ञ राज जैशी/कैलालीको भजनीमा एक कार्यक्रमका बीचमा शनिबार वडा अध्यक्ष केशव बहादुर बुढा र नगर प्रमुख केवल चौधरीले पुस्तकालयका अध्यक्ष सहितको समुहलाई संयुक्तरुपमा फर्निचर सामग्री हस्तान्तरण गरेका छन् ।भजनी न.पा ५ नं.वडा कार्यालयद्वारा भजनी जनता सामुदायिक पुस्तकालयलाई फर्निचर सामाग्री हस्तान्तरण गरिएको हो ।

भजनी नगरपालिका वडा नं.५ को कार्यालय लालबोझीले आ.व २०८१/०८२ अन्तर्गत वडा स्तरीय विनियोजित बजेटबाट पचास हजार बराबरको फर्निचर सामाग्रीहरु ४ थान टेवल र १५ थान काठे कुर्सी हस्तान्तरण गरिएको वडा अध्यक्ष केशव बहादुर बुढाले बताए।भजनी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष केशव बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा र नगर प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यतामा फर्निचर हस्तान्तरण गरिएको वडा सदस्य राजेन्द्र प्रसाद खनालले जानकारी दिनुभयो।उक्त कार्यक्रममा वडा सदस्य,पुस्तकालय समिति पदाधिकारी र सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *