Skip to main content

Bhajani Today

चन्दले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण र राष्ट्रिय गानको मर्यादा सम्बन्धी

कैलालीको टीकापुरमा रहेको प्रहरी चौकी सत्तीका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका वडा न. ६ मा अवस्थित कालिका इइलिश बोर्डिङ स्कुल ,कर्णाली मा.वि.सत्ती र राष्ट्रिय मा.वि.बेलुवा लगाएतका बिद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई “राष्ट्रिय मर्यादा सम्बन्धि ऐन २०७९” तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धि कार्यबिधि २०६९” अनुसार राष्ट्रिय झण्डाको प्रयोग तथा राष्ट्रिय गान गाउँदा अपनाउनु पर्ने प्रकृया बारेमा जानकारी दिनु भएको थियो।

कर्णाली मावि सत्तिका ९ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नु भएको थियो।उहाँआर्थिक अवस्था कमजोर हुनुका साथै उनीहरुको मनोबल उच्च होस भन्ने मनसायले जाडाेको मौसममा ९ हजार बराबरको न्यानो कपडा बितरण गरेको प्रहरी वरिष्ठ नायब निरीक्षक चन्दले बताउनु भएको थियो। कार्यक्रमका बीचमा कर्णाली माबि सत्तिका प्रअ जगबिर शाहले दृष्टिविहीन बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेर प्रहरी चौकिका इन्चार्ज चन्दले मानबिय कार्य गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *