साझा अक्षर

डोटीको के आई सिंहमा एक घरमा आगलागी हुँदा दुई लाख भन्दा बढीको क्षति

डोटी । डोटीको के आई सिंहमा एक घरमा आगलागी हुँदा झण्डै २ लाख भन्दा बढीको क्षति भएको छ । आइतबार बिहान ९:३० बजेको समयमा केआईसिंह गाउँपालिका-३ झिगा बस्तीका ४० वर्षीय बाजी भुलको दुईतला रहेको ४ कोठे ढुङ्गा, माटोले बनेको स्लेटले छाएको घरमा आगलागी भएको हो ।

खाना पकाउने क्रममा आगलागी हुदाँ घरभित्र रहेका १० बोरा धान, लत्ताकपडा, काठ, भाँडाकुँडा, फर्निचर पूर्ण रुपमा जलेर नष्ट हुँदा अनुमानित २ लाख ५० हजार रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मानवीय तथा चौपायाको क्षति भएको छैन् ।

स्थानीय र प्रहरीले ११:३३ बजेको समयमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *