साझा अक्षर

माओवादी केन्द्रले माग्यो भजनी नगरपालिकासँग सुचना

कैलालीको भजनीमा नेकपा माओवादी केन्द्र भजनी नगर कमिटीले भजनी नगरपालिकासँग सुचना माग गरेको छ ।

पार्टीको नगर अध्यक्ष जगत बहादुर विक र नगर सचीव गोपीलाल चौधरीले संयुक्तरूपमा पत्र पठाउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने मार्फत सुचनाको हक प्रयोग गर्दै सुचना माग गरेका हुन ।

नगर कमिटीले नगरपालिकाको २०७९/०८०, र २०८०/०८१ को आलेप मलेपको वाषिक प्रतिवेदन,

आ.व. २०७९/०८० देखि जनप्रतिनिधि, कर्मचारीहरुको नाममा हुँदै आएका स्वदेशी तथा विदेशी भ्रमण, यातायात, खाजा, खाना, इन्धन लगायतको विस्तृत विवरण माग गरिएको छ । त्यसैगरी, नगरपालिका भित्रका सबै शाखामा भएको बजेट तथा खर्चको विवरण, आर्थिक २०७९/०८०, २०८०/ ०८१ सम्मको हर्के हवल्दार सहितको राष्ट्रिय तथा स्थानिय कलाकारहरु आएर यस नगरपालिकामा प्रर्दशन गरिएको सांस्कृतिक कार्यक्रमको सम्पुर्ण खर्च तथा निकास प्रक्रिया सम्बन्धमा पनि सुचना माग गरिएको छ ।

विविध कार्यक्रममा विस्तृत परियोजना विवरण Detail Project Report-DPR ९३ लाख पेश्की तथा निकाशा गरिएको खर्च तथा निकासा भएकाले उक्त कार्यक्रमका शिर्षक, योजना सहित सम्पुर्ण विवरण माग गरिएको छ ।

नगर कमिटीले ११ वटा बुदाहरुमा नगरपालिकासँग सुचना माग गरेको जनाइएको छ । साथै राष्ट्रिय सुचना आयोग काठमाडौं, ईलाका प्रहरी कार्यालय भजनी, जिल्ला प्रशासन कार्यालय कैलाली र नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेशलाई बोधार्थ राखिएक छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *