Skip to main content

Bhajani Today

बलायर परिवारले निर्माण गरेको सरस्वती मन्दिर विद्यालयलाई हस्तान्तरण

मोतिनगर – कैलाली जिल्लाको जानकी गाउँपालिका–७, मोतिनगरस्थित सरस्वती मन्दिर बलायर परिवारले निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।मोती माध्यमिक विद्यालयलाई वसन्त पञ्चमीको अवसर पारेर एक कार्यक्रमका बीच प्रधानाध्यापक दीपक दासलाई मन्दिर हस्तान्तरण गरिएको हो।

मन्दिरको उद्घाटन बलायर परिवारका ज्येष्ठ नागरिक केश बहादुर बलायरले गरेका थिए।माता-पिताको सम्झनामा मन्दिर निर्माण समाजसेवी डबल बलायरले आफ्नी माता ललिता बलायर र पिता मान बहादुर बलायरको सम्झनामा उक्त मन्दिर निर्माण  गरिएको हो।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक दीपक दासको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा जानकी गाउँपालिका–७ का अध्यक्ष कमल महतोको उपस्थिति रहेको थियो। त्यसैगरी, समाजसेवी गणेश रेग्मी र पदम गिरी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका लेखापाल बीरेन्द्र खड्काले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *