साझा अक्षर

प्रसिद्ध विद्या निकेतनमा सुरु भयो एकहप्ते हस्तलेखन तालिम

 जोशीपुर १२ असार /गुणस्तरीय शिक्षा र विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै आएको प्रसिद्ध विद्या निकेतन, जोशीपुरमा विद्यार्थी तथा शिक्षकहरूका लागि एकहप्ते हस्तलेखन -ज्बलमधचष्तष्लन) तालिम कार्यक्रम सुरु गरिएको छ।विद्यालयका व्यवस्थापक, शिक्षाविद्, समाजसेवी तथा बौद्धिक व्यक्तित्व सिद्धराज जोशी को विशेष पहल तथा दूरदर्शी नेतृत्वमा सञ्चालन गरिएको उक्त तालिमले विद्यार्थी तथा शिक्षकहरूको लेखन कला, प्रस्तुतीकरण क्षमता र शैक्षिक दक्षतामा सकारात्मक प्रभाव पार्ने बताइएको छ।विद्यालयका प्रिन्सिपल राजेश चौधरी ले हस्तलेखन व्यक्तिको अनुशासन, सिर्जनशीलता र व्यक्तित्वको महत्वपूर्ण पक्ष भएकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो।

व्यवस्थापक सिद्धराज जोशीले विद्यालयलाई केवल पठनपाठनको केन्द्र मात्र नभई नैतिक, बौद्धिक र व्यवहारिक ज्ञानको उत्कृष्ट थलो बनाउने लक्ष्यका साथ विभिन्न नवीन कार्यक्रमहरू सञ्चालन आएको, शिक्षा क्षेत्रमा नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वले विद्यालयलाई जोशीपुर क्षेत्रकै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।  विद्यालय प्रशासनका अनुसार तालिम अवधिभर विद्यार्थी तथा शिक्षकहरूलाई सुन्दर, स्पष्ट र प्रभावकारी लेखन शैली सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ। सहभागीहरूले दैनिक अभ्यासमार्फत आफ्नो हस्तलेखनमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा विद्यार्थीमैत्री कार्यक्रमहरूका कारण प्रसिद्ध विद्या निकेतन पछिल्लो समय जोशीपुर क्षेत्रकै एक अग्रणी तथा विश्वासिलो शैक्षिक संस्थाका रूपमा परिचित बन्दै गएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने समेत जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *