Skip to main content

Bhajani Today

बृहत शैक्षिक प्रदर्शनी को तयारी पूरा

कैलालीको जानकी गाउँपालिकामा फागुन २ र ३ गते आयोजना हुने “बृहत शैक्षिक प्रदर्शनी–२०८१” कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। उक्त प्रदर्शनी जनकल्याण आवासीय विद्यालयको प्राङ्गणमा बिहान ११ बजे देखि सञ्चालन हुनेछ।

कार्यक्रममा विद्यालयस्तरीय नवीनतम शैक्षिक प्रदर्शनी, विज्ञान तथा प्रविधि सम्बन्धी मोडलहरू, नवाचार, सिर्जनात्मक परियोजनाहरू तथा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गरिनेछ। साथै, शैक्षिक विकासका विभिन्न पक्षहरूबारे अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई जानकारी गराइने छ।

आयोजक समितिले प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको व्यापक सहभागिता रहने अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *