Skip to main content

Bhajani Today

४९ बिरुवा रोपेर जन्मदिन मनाउँदै जोशी 

कैलालीको महुन्याल बहुमुखी क्याम्पसका अध्यक्ष तथा पतञ्जली योग समिति भजनीको अध्यक्ष पाण्डव जनरल स्टोर भजनीका सञ्चालक टंकप्रसाद जोशी पाण्डवले आफ्नो ४९ औँ जन्मदिनको अवसरमा वर्षभरिमा ४९ विरुवा रोप्ने बताएका छन् ।

उनले एक वर्षमा ४९ वटा ट्रिगार्ड सहितको बिरुवा रोपेर जन्मदिन मनाउने योजना बनाएको बताएका हुन । उनले कार्यक्रम महुन्याल बहुमुखी क्याम्पस भजनीबाट सुरुवात गर्ने र भजनी नगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा बिस्तार गर्ने बताएका छन् । अभियानमा इच्छुकहरूले सौजन्यता पनि प्रदान गर्न सक्नेछन् ।

जोशीले स्वर्गीय पिताको स्मृतिमा १२ वर्षदेखि भजनी बजारमा प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् । उनले ५९ पटक रक्तदान गरिसकेका छन् ।

आफ्नो ४५ औँ जन्मोत्सवमा वर्षभरिमा ४५ वटा सामाजिक कार्य गरेर जन्मदिन मनाएका थिए । सामाजिक क्षेत्रमा पनि सक्रिय जोशीले महुन्याल बहुमुखी क्याम्पस हाताभित्र करिब ७ लाख ५० हजारको लागतमा सरस्वती माताको मन्दिर समेत निर्माण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *