साझा अक्षर

कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका-२ सम्झना चोकको पुर्व पश्चिम राजमार्गमा बुधवार राति १० बजे पश्चिमबाट पुर्व तर्फ गईरहेको चालक भजनी नगरपालिका-९ बस्ने ३५ वर्षीय नबिन चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९०७६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गईरहेको साइकलयात्री लम्की चुहा नगरपालिका-१० चुहा बस्ने १५ वर्षीय लोकेश भण्डारीलाई पछाडीबाट ठक्कर दिँदा साइकलको पछाडी सवार लम्की चुहा नगरपालिका-१० चुहा बस्ने १६ वर्षीय दिनेश तिमिल्सेनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट घाईते भएका तिमिल्सेनालाई उपचारको लागि नर्सिङहोम नेपालगंज लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा राति १२ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक नबिनको नर्षिङ होम नेपालगंजमा उपचार भइरहेको छ। मोटरसाइकल पछाडी सवार बर्दियाको आसापुर नगरपालिका-८ बस्ने २२ वर्षीय मंगल राजपुत र साईकल चालक लोकेश भण्डारी घाइते भएका छन्। घाईते यी दुबै जनाको बर्दगोरिया अस्पताल बौनिया, कैलालीमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *