Skip to main content

Bhajani Today

बाेगटान फुड्सिल गाउँपालिका–१ सिमचौरमा HPV खोप कार्यक्रम सुरू

दिपक बहादुर विश्वकर्मा डोटी / बाेगटान फुड्सिल गाउँपालिका–१ सिमचौरस्थित श्री कर्कटेश्वर मा.वि. बाट मानव प्यापिलोमा भाइरस (HPV) खोप कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ।

कार्यक्रमको उद्घाटन उक्त वडाका अध्यक्ष खेम घर्तीमगरले गरेका हुन । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले किशोरीहरूलाई पाठेघरको क्यान्सरबाट जोगाउन HPV खोप महत्वपूर्ण हुने बताए। विद्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीहरूले खोपको महत्व, यसको प्रभावकारिता तथा खोप लगाउनुपर्ने उमेर समूहबारे जानकारी गराएका थिए।

यस अवसरमा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। खोप अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप प्रदान गरिने बताइएको छ।

स्थानीय स्वास्थ्य चौकीका अनुसार यो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिने छन्। HPV खोप अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको स्थानीय स्वास्थ्य अधिकृतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *