दिपक बहादुर विश्वकर्मा /नेपालराष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने सेती राजमार्गको निर्माण सुस्त गतिमा अघि बढिरहेको छ। भारत, नेपाल, र चीनलाई जोड्ने महत्त्वपूर्ण व्यापारिक मार्ग बन्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना विभिन्न अवरोधका कारण ढिलाइमा परेको छ। बजेट अभाव, प्रशासनिक ढिलाइ, र वन कटानी अनुमति जस्ता समस्याले निर्माण कार्य प्रभावित भएको हो। २०४४ लोकेन्द्रबहादुर चन्दले ल्याएको अवधारणा हो ।माधव नेपाल प्रधानमन्त्री भएको बेलामा निति तथा कार्यक्रम समेटेर बनाइएको हो। हाल सम्म पटक पटक माैसम अनुसन्धान सत्ता परिवर्तनले उक्त परियोजनामा धक्का पुग्न गएको हो। सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्त्वपूर्ण मानिएको यो परियोजना आर्थिक वर्ष २०६५/६६ बाट सुरू भएको हो।
यो राष्ट्रिय गौरवको आयोजना भारत, नेपाल र चीनलाई जोड्ने व्यापारिक मार्ग बनाउने लक्ष्यसहित उत्तर-दक्षिण जोड्ने महत्वपूर्ण सडक हुनेछ। तर, आर्थिक स्रोतको अभाव र प्रशासनिक ढिलाइका कारण निर्माण कार्य धिमा गतिमा भइरहेको छ।
उक्त राजमार्गको खण्ड र प्रगति मा ३५९ किमी लम्बाइको सेती राजमार्ग दुई भागमा विभाजन गरिएको छ।दक्षिणी खण्ड (कुल २०४ किमी) जस्मा अछाममा ८० किमी (५७ किमी ट्र्याक खुलेको, २३ किमी बाँकी)बाजुरा १२ किमी (ट्र्याक खोल्न बाँकी)
डोटीमा ४० किमी (रूख कटान अनुमति नपाएर रोकिएको) छ । तेस्तै कैलाल ७२ किमी (७० किमी ट्र्याक खुलेको, २ किमी बाँकी) छ। यसका साथै उत्तर खण्ड (बझाङमा कुल १२८ किमी)निर्माण कार्य सुस्त रहेको छ।
कैलालीको बौनियाँ बजारबाट साढे ४ किलोमिटर दक्षिणतर्फ कङ्क्रिट वाल, सडक नाली तथा सडक भरानको काम शुक्रवारदेखि सुरु भएको हो।
चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्ने गरी पृथ्वी महानिगलाशैनी र पृथ्वी एच बि जेभिले ६ करोड १५ लाख लागतमा कामको ठेक्का पाएका छन्। करिब एक हजार एक सय मिटर पक्की नाला, सडकको दुवै पट्टी करिब दुई हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किलोमिटर सडक भरानको काम हुनेछ। बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले कामको सुरुवात गरेका हुन। उनले सम्झौता अवधि भित्रै काम पूरा गर्न भनेका छन्।
बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, निर्माण व्यवसायी शिवराज सापकोटा, रवि शाही लगायत अन्य जनप्रतिनिधि शुभारम्भ कार्यक्रममा सहभागी थिए। सेती राजमार्गको दुर्गौली–प्रतापपुर १० किलोमिटर सडक खण्ड कालोपत्रेको काम जारी छ। कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा करिब तीन किलोमिटर सडकको ट्याक निर्माणको काम पूरा भएको छैन।
यसका मुख्य चुनौतीहरू र ढिलाइका कारणहरूमा बजेट अभाव का कारण निर्माण कार्य रोकियो हो।रूख कटान अनुमति ढिलाइ हुँदा डोटी खण्डको ४० किमी ट्र्याक खोल्न समस्या भयो।
बडिकेदार गाउँपालिका अध्यक्ष भैरव साउद भन्छन् सरकारको मन्त्रीपरिषद्को बैठकले वन विभागले तोकेको रकम संकलन नगरी पनि रूख कटानीको अनुमति दिने निर्णय गरेको छ। यसपछि, वन विभागले अर्थ मन्त्रालयलाई पत्र पठाउने प्रक्रियामा छ, र अर्थ मन्त्रालयले आइतबारसम्म पत्र पठाइसकेपछि रूख कटानी आदेश दिएको बताएका छन्। कैलाली एउटा पुल निर्माण सम्पन्न, दुईवटा निर्माणाधीन रहेका छन्। अछामएउटा पुल पूरा, अर्को ठेक्का प्रक्रियामा। हालै मन्त्रीपरिषद्बाट रूख कटान अनुमति प्राप्त भएपछि चालू आर्थिक वर्षमा निर्माण कार्य अगाडि बढ्ने अपेक्षा गरिएको छ।
सेती राजमार्गले सुदूरपश्चिमको आर्थिक विकास र व्यापारमा ठूलो योगदान पुर्याउने क्षमता राख्छ। तर, विलम्बका कारण यस आयोजनाले अझै पूर्णता पाउन सकेको छैन। सरकारी पहल र बजेट सुनिश्चित भएपछि मात्र निर्माणले गति लिने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण गेम चेन्जर परियोजनाको रूपमा रहेको सेती राजमार्गको निर्माण कार्य कैलालीको मोहन्याल खण्डमा रुख काट्ने विषयमा उत्पन्न विवादका कारण प्रभावित भएको छ।
यो राजमार्ग प्रदेशको यातायात प्रणालीलाई सहज बनाउने मुख्य योजनामध्ये एक हो। तर, मोहन्याल खण्डमा पर्ने वन क्षेत्रका रुखहरू हटाउने विषयमा स्थानीय समुदाय, वन विभाग, र निर्माण कम्पनीबीच सहमति जुट्न नसक्दा काम अघि बढ्न सकेको छैन।
स्थानीयबासीहरूले वातावरणीय प्रभावको चिन्ता व्यक्त गरेका छन् भने, निर्माण कम्पनीले ढिलाइले लागत बढ्ने बताएको छ। सम्बन्धित निकायहरूबीच छलफल भइरहे पनि ठोस निर्णय आउन बाँकी रहेको छ।यदि छिटो समाधान नखोजिएमा यो परियोजना थप ढिलाइ हुने चिन्ता छ, जसले समग्र प्रदेशको यातायात पूर्वाधारलाई असर गर्न सक्छ।
यदि यो राजमार्ग समयमै पूरा भएमा सुदूरपश्चिम प्रदेशको व्यापारिक तथा आर्थिक गतिविधि तीव्र हुनेछ। भारत र चीनसँगको व्यापार सहज हुनेछ।स्थानीय व्यवसाय र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।यातायात पूर्वाधारमा सुधार आउनेछ।
सेती राजमार्गले सुदूरपश्चिमको आर्थिक विकास र व्यापारमा ठूलो योगदान पुर्याउने क्षमता राख्छ। तर, विलम्बका कारण यस आयोजनाले अझै पूर्णता पाउन सकेको छैन। सरकारी पहल र बजेट सुनिश्चित भएपछि मात्र निर्माणले गति लिने अपेक्षा गरिएको छ।
सरकारले सेती राजमार्गलाई शीघ्र सम्पन्न गर्ने रणनीति अपनाए मात्र यो सुदूरपश्चिमको विकासको ‘गेम चेन्जर’ बन्न सक्नेछ।(स्रोत: RSS)