Skip to main content

Bhajani Today

ट्राफिक प्रहरी प्रमुख चन्दको बिदाई ,भट्टलाई स्वागत

कैलालीको सत्तिमा अस्थाई ट्राफिक प्रहरी कार्यालय सत्तिका प्रमुख, प्रहरी हवल्दार जयहरी चन्दलाई विदाई गरिएको छ ।

अस्थाई ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा चन्दलाई विदाई गरिएको हो । उनी अस्थायी ट्राफिक प्रहरी पाेष्ट बेलखेत अछाम सरुवा भएका छन् ।

उक्त विदाई तथा स्वागत् कार्यक्रम वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने,वडा सदस्य राजकुमार चौधरी, समाजसेवी तथा बुद्धिजिवी व्यापारी सर्प राज साउद,अग्रज पत्रकार भिम विक,भजनी टुडेका सञ्चालक तथा सम्पादक खेम राज पाण्डेय,टिकापुर दैनिकका ब्युरो प्रमुख गणेश क्षेत्री, भौराटप्का का ब्युरो प्रमुख मान बहादुर ठकुन्ना र सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो।सोही कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी कार्यालयको नयाँ इन्चार्जको रुपमा आएका मोहन राज भट्टलाई स्वागत गरिएको छ । भट्ट प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाबाट सरुवा भएर आएका हुन्। विदाई तथा स्वागत् कार्यक्रममा पत्रकार भीम विक र प्रहरी चौकी सत्ति कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक  टेक बहादुर चन्दले शुभकामना व्यक्त गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *