झापा साउन २८। झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान ३ः५५ बजेको समयमा दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली ठाउँमा लुकाइछिपाई राखिएको मेडइन इटाली लेखिएको पेस्तोल र दुई थान म्याग्जिन फेला परेको डीएसपी चन्दले बताए । बरामद गरिएको पेस्तोल, म्याग्जिन, स्कुटरसहित गजमेरलाई…
बिर्तामोड साउन २७ ।। झापाको बिर्तामोडमा गोमन सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो । घाइते उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । शरीरमा विष फैलिसकेकोले त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याउँदै गर्दा बिहान ९ः २५ बजे उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ साउन २७ ।। काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता भएका खेलाडीहरुलाई पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ। राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो। राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन्। यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने छन्। साउन १७ देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो। यस्तै…
इटहरी साउन २७ ।। सुनसरीको इटहरीमा एक शिशुको वीभत्स हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका-५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । ती बालिकाको हिजो दिउँसो हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय सालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले जानकारी दिए । तीन वर्षअघि घरको छतबाट हाम फालेर लुइँटेलको ढाड पनि भाँचिएको अनुसन्धानबाट…
झापा साउन २७ ।। झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेका उनीहरुबाट चोरीका सामानसहित भरुवा बन्दुक र खुकुरी बरामद भएको हो । प्रहरी चौकी शनिश्चरेका होमप्रसाद खनालको टोलीले अर्जुनधारा–४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले छिरिङ तामाङको घरबाट भरुवा बन्दुक बरामद गरेको जनाएको छ । उनीहरुको साथबाट चाँदीको सिक्री–२ थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्ज कार्ड १९ थान, चाँदीको औठी २ थान,…
झापा साउन २७ ।। झापाको अर्जुनधाराका दुई खेलाडीले थाइल्यान्डमा जारी सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् । शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेका हुन शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१–५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए । तामाङ अर्जुनधारा-९ र थापा वडा नम्बर ६ का हुन् । तामाङले पहिलो चरण र सेमिफाइनलमा थाइल्यान्डका खेलाडीलाई हराए भने फाइनलमा फिलिपिनो खेलाडीलाई रोकेर स्वर्ण हात पारेका हुन् । त्यस्तै, थापाले पहिलो चरणमा थाइल्यान्डका खेलाडी र सेमिफाइनलमा माल्दिभ्सका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका…
काठमाडौं : गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए। घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएको र अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए। उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन्। २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए। ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए।
बिर्तामोड साउन २६ ।। झापाको चारपानेमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न ब्युटी सैनुन एण्ड एकेडेमी संचालनमा आएको छ। झापाको बिर्तामोड दुई चारपाने बेलडाँगी रोडमा आजबाट औपचारिक उद्घाटन गरिएको ज्योति ब्युटी सैलुन एण्ड एकेडेमीमा ब्युटिसियन सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्नुका साथै ब्युटिसियन सम्बन्धी सबै काम हुने सञ्चालिका ज्योति पराजुलीले बताउनुभयो । ज्योति ब्युटी सैलुन एड एकेडेमीमा ब्युटिसियन सम्बन्धी बेसिक,स्पेसल डिप्लोमा, मास्टर्स र विदेश जान चाहनेका लागि स्पेसल कक्षा समेत सञ्चालन हुने उहाँले बताउनुभयो । लामो समय हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा विभागीय प्रमुखसमेत भएर काम गरिसक्नुभएकी पराजुलीले भारत,काठमाडौँ र बिर्तामोडमा ब्युटिसियन सम्बन्धित तालिम लिएर ब्युटी शैलुन तथा एकेडेमी सञ्चालनमा…
रूपन्देहीमा जुधिरहेका गोरुको टेकेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । साउन २० को साँझ साढे ७ बजेतिर पैदल यात्रा गरिरहेकी गुल्मीको रेसुंगा नगरपालिका घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेलाई एकापसमा जुधिरहेका गोरुले कुल्चिएर घाइते बनाएका थिए । घाइते उनको उपचारका क्रममा २४ साउनमा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार चिया पसलको व्यवसाय गरिरहेकी उनी पैदल हिंड्दै गर्दा गोरु जुधेकै स्थानमा पुगेकी थिइन् । उनलाई ती गोरुले एक्कासी कुल्चेर पल्टाइदिएका थिए । सीताका छोरा विदेशबाट आएपछि उनको पोस्टमार्टमपश्चात परिवारलाई शव बुझाइएको पण्डितले बताए…
बिर्तामोड साउन २५।। झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा आज दिउँसो मृत्यु भएको हो । विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।
झापा- भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। ४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन। भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।भूकम्प बिहान ७ बजेर १२ मिनेट जाँदा गएको हो।
बिर्तामोड साउन २५ ।। आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको छ । नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ…
बाँके ।। बाँकेमा एउटा स्कुल बसले ठक्कर दिँदा एकजना युवक सहित उनले चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् । कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो । ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको हो । बसले हान्दा अन्य बाख्रा पनि घाइते भएका छन् । घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएको प्रहरीले जनाएको छ। अहिले मालिक र…
बिर्तामोड साउन २३।।रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा परीक्षामा करिब ९ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्पादनतर्फको क्षेत्रमा काम गर्न जान इच्छुक ६६ हजार ३२६ जना नेपाली युवा दोस्रो चरणको भाषा परीक्षामा सहभागी भएका थिए । भाषा परीक्षामा सहभागीमध्ये आठ हजार ९६५ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले अब सीप परीक्षा दिन पाउनेछन् । केही दिनपछि उनीहरूको सीप परीक्षा हुने इपीएस शाखाले जनाएको छ ।
बिर्तामोड साउन २३ ।। झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले आज अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो । बुद्धशान्ति–७ सुनमाई चिया बगानबाट नेपाल सुरक्षा बेस टिमाइबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा आज राति ७ः१० बजे चिया बगानभित्र लुकाई छिपाई राखेको करिब रू १० लाख बराबरको बरामद गरेको हो । त्यस्तै, नेपाल…