Skip to main content

Bhajani Today

झापाको चारपानेमा सुविधा सम्पन्न ब्युटी सैलुन एण्ड एकेडेमी संचालनमा

 

बिर्तामोड साउन २६ ।। झापाको चारपानेमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न ब्युटी सैनुन एण्ड एकेडेमी संचालनमा आएको छ।

झापाको बिर्तामोड दुई चारपाने बेलडाँगी रोडमा आजबाट औपचारिक उद्घाटन गरिएको ज्योति ब्युटी सैलुन एण्ड एकेडेमीमा ब्युटिसियन सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्नुका साथै ब्युटिसियन सम्बन्धी सबै काम हुने सञ्चालिका ज्योति पराजुलीले बताउनुभयो । ज्योति ब्युटी सैलुन एड एकेडेमीमा ब्युटिसियन सम्बन्धी बेसिक,स्पेसल डिप्लोमा, मास्टर्स र विदेश जान चाहनेका लागि स्पेसल कक्षा समेत सञ्चालन हुने उहाँले बताउनुभयो ।

लामो समय हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा विभागीय प्रमुखसमेत भएर काम गरिसक्नुभएकी पराजुलीले भारत,काठमाडौँ र बिर्तामोडमा ब्युटिसियन सम्बन्धित तालिम लिएर ब्युटी शैलुन तथा एकेडेमी सञ्चालनमा ल्याउनुभएको हो। एकाडेमीमा मेकअप ,ल्यासेस नेल्स, हेयर, स्क्रिनका काम गरिने बताउँदै सञ्चालिका पराजुलीले आवश्यकता अनुसार विशेष कक्षा पनि सञ्चालन गरिने बताउनुभयो ।

तालिम लिइसकेकालाई रोजगारीका लागि एकेडेमीले सहयोग गर्ने पनि सञ्चालिका पराजुलीले बताउनुभयो। आगामी दिनमा तालिम लिन इच्छुक आर्थिक अवस्था कमजोर भएकाहरूका लागि विशेष छुट दिएर तालिम दिने व्यवस्था गर्ने बताउनुभयो।

उद्घाटनका अवसरमा साउन २६ देखि ३२ गतेसम्म सवै सर्भिसमा १५ प्रतिशत र  विशेष कक्षाका लागि १० प्रतिशत छुटको ब्यवस्थासमेत रहेको छ।  पराजुलीको एकल लगानीमा सञ्चालनमा आएको ब्यूटी सैलुनमा चार जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *